Friday, June 14, 2013

आँप बगैंचा


साँझ, दिनभरिको लखर लखर गरिसिध्याएर घर के आइपुग्या थिएँ आमा लाइ देखेर झस्यांग भएँ, खुसिको सिमा रहेन | असारमा हुने लामो गर्मि बिदा, बिदा भन्दा बढी मामाघर जाने लोभ त्यो भन्दा बढी मामाघरमा आँप खाने र आँपको रुख माथि बाँदर ले नपुग्ने/नभ्याउने ठाउँ पुग्ने लोभ, सबै भताभुंग हुनैलाग्या बेलामा 'आमा' एक बोरा आँप सहित आउनुभएको देख्दा त्यो मेरो केटाकेटि मन खुसि नहोस पनि किन |

मामाघर धेरै नै आउने जाने भएर होला मम्मी ले जे भन्यो तेही भन्ने बानि, मम्मिको 'बाबा' हाम्रो पनि बाबा, मम्मिको आमाहाम्रो पनि आमा, तेस्तै गरि हजुरबुवा र हजुरआमा पनि | हजुरबुवा जमानाको गाउँको हुने खाने/गन्ने मान्ने मान्छे आफ्नो छोरा को बाक्य नभएनि बुहारी चै छानेर राम्री बिहे गरिदिनुभएको अरे | साँच्ची नै मेरो आमा मा कुनै कमि थिएन | गोरी, नाक नक्सा मिलेकी, अग्ली, सलक्क परेकी, हँसिली र त्यो भन्दा बढी घरका, आफन्त र सिंगै गाउँलेले रुचाउने सुभानी स्वभावकी हुनुन्थ्यो मेरो आमा

जम्मा जम्मी छ छोरी र एक छोराकि आमा तर उहाँलाइ अरु भन्दा आफ्नी जेठी छोरी, ज्वाईं र नातिनातिना मा बिशेष माया थियो, यसपाली नआउने कुरा सुन्ने बित्तिकै एकबोरा आँप बाँधेर आइपुग्नु भाको थ्यो मलंगवा’ |  आमाले ल्याउनुभएको आँप हामीले फुर्की फुर्की घरि बोक्रा तासेर चम्चाले घोपेर, घरि दुध रोटि संग मुछेर, घरि बोक्रा सुद्द बिचको कोया भिन्दै तिन फ्याक बनाएर  र घरि सिंगै नकाटी चुसेर खायौं | केटाकेटी मुड न हो तेही आँप फरक फरक गरि खाए केक्केन हुन्थ्यो | आमाले ल्याउनुभएको आँप भिन्दा भिन्दै खुसि बोकेर आको थियो, आमाको आगमन को खुसि, एक बोरा आँप खाने खुसि र त्यो भन्दा धेरै साथिहरुलाइ मामाघरबाट ल्याएको पलंगपोस भित्र भुँइभरि फिंजाएको कत्ति धेरै आँप देखाउँदा हुने शानको खुसि

आमाको मन मानेन दुइ चार दिन लाइ भएनी नातिनातिना लिएर जान्छु भनेर अड्डी कस्नुभयो र हामि पनि मामाघरमा गर्न पाइने उपद्रो सम्झेर कत्ति पनि बेर नलाई हिडीहाल्यौं | ड्याडीले सानै देखि छोरीहरुलाई निकै माया गर्ने भने जत्ति पैसा र जे भन्यो त्यहि किन्दिनुहुन्थ्यो | मामाघर मा छुट्टै शान थियो हाम्रो गाउँ भएर पनि होला हामीले लगाको लुगा नयाँ र नौलो हुन्थ्यो तेस्माथी ड्याडीले पापा किनेर खाउ है छोरुभनेर दिनुभएको तेत्तिबेलाको उमेर अनुसार धेरै पैसा, ओहो सानोतिनो महारानी झैं सोचिन्थ्यो आफुलाई मामाघरको अरु केटाकेटिको अगाडी

मामाघर पुगियो, संधैं झैं जाने बित्तिकै लुगा नि नफेरी खुरुरुरुरु घर पछाडी को आँप बंगैचामा गइयो | रुख चढ्न, कसैले पुग्न नसक्ने ठाउँमा पुगेर शान ले नाक फुलाउन बडो रमाइलो लाग्ने आफुलाई लगभग एक बिगाह जत्ति घडेरी मा लगाएको सिशौ, १२ वटा जत्ति आँप को रुख सबैको टुप्पा मा म पुगिसकेको थिएं होला | बहिनि सानै देखि लजालु स्वभाब कि थिइ उपद्रो पनि गर्न डराउँथि म चाहिं उसको सट्टा पनि आँट र उपद्रो लिएर जन्मेको थिएँ | आमाले लडेर मर्ली भनेर जान नदिने तर हाम्रो ग्यांग थियो म, किरण (बहिनि), म भन्दा एक बर्ष ठुली आन्टी निशा’ (अझै पनि तँ नै भन्छु), र ५ बर्ष ले ठुलो मामा (शिवहरी) | हाम्रो ग्यांगको काम आंधी हुरी आयो कि आँप झर्छ भनेर हुरुरु आँप बगैंचा मा कुद्ने र आँप बटुल्ने, आँप चोर हरुको निगरानी गर्ने, आँप बगैंचा आउने केटाकेटि धपाउने आदि इत्यादी थियो | बिहान सखारै पांच बजे नै उठेर झरेको आँप अरुले लग्लान भनेर टिप्ने अनि मात्र मुख धुने र चिया खाने नियम थियो हाम्रो

हामि ढुक्कै आँप बगैंचा मा गुन्द्री लिएर जान्थ्यौं | भुल्लिन को लागि हामि खोपी बनाएर ढुंगाचाली, कुलीडन्ठा, तराइ को भाषा मा लकड़सुँघाभन्ने खेल खेल्थ्यौं, जसमा चाहिं सबै जना आँपको रुखको हाँगा मा बस्थ्यौं अनि एकजना तल बसेर एउटा सानो लकडी को निगरानी गर्नु पर्थ्यो, अरु सबै रुख माथि | रुख माथिको मध्ये कुनै एकले तल झरेर तल बस्ने मान्छेले नभेट्टाइकन लकडी नाकमा लगाए (सुँघे) तल बस्नेले हार्ने, लकडी नाकमा नलाई तल बस्ने ले ढ्याप्पा गरे उ आउट हुने | बडो रोचक खेल थ्यो अहिले सम्झे हाँसो लाग्छ सायद नौलो खेल होला सबैको लागि तर हाम्रो लागि असाध्यै च्यालेंजिंग खेल थियो त्यो |

बाबाको बोलि थिएन तर असाध्यै बाठो हुनुन्थ्यो, ८ क्लास पास गर्दा गर्दै खै कुन रोग ले च्यापेर पढाइ छोड्नुभाको थियो अरे | तैपनि उहाँ हरेक बिषयमा चाख राख्ने, पढाइ लेखाइ तथा अन्य कुरामा असाध्यै बाठो हुनुन्थ्यो | रिस उठे फेरी कसैले फकाउन नसक्ने आमा बाहेक आमाले भनेको जे पनि मान्नुहुन्थ्यो, हामि केहि कुरा बाबासंग फकाउनु परे आमालाइ सिधै सोर्स लाउने गर्थ्यौं, नाइँ को कुनै गुन्जाइस हुन्थेन | बाबाको इशारा सबै हामिलाइ आउँथ्यो बिशेष उहाँ केटिलाइ कपाल कोरेको इशारा (कोर्ने) र केटालाइ टुप्पीको इशारा (टुप्पीवाला) भनेर देखाउनु हुन्थ्यो | बाबासंग हामि दोहोरो कुरा गर्न सक्थ्यौं तेही पनि बाबा लेखेर नै हामीलाई धेरै कुरा भन्नु हुन्थ्यो |

हाम्रो आँप बगैंचा संग हुने उपद्रो मा सबै भन्दा ठुलो बाधक हुनुन्थ्यो बाबा | माल्दह, कलकत्ते आँप नपाक्दा ट्वाँकै अमिलो हुने भए नि बम्बई आँप गुलियो हुने | , निशा र मामा एक एक वटा सुइरो बोकेर बम्बई आँप को गाछी मा चढ़थ्यौं किरण लाइ तल राखेर | बाबा आइहाल्नु भएर किन एक्लै बसेको भनेर सोधे केटाकेटि आँप चोर्न आँउछन् हेर्न बसेको भन् है भनेर हामि उक्लिन्थौँ, प्लान अनुसार बाबा आइहाल्नु भए बाबा नसुन्ने हुनाले हामीलाई कराएरै भन्थी बाबा आउनुभयोअनि हामि हतार हतार रुखको सबै भन्दा टुप्पा मा पुगेर आँप को पत्ता ले आफुलाई छोप्थ्यौं, बाबाले तल बाट हेर्दा नि नदेखिने गरि अनि किरण ले बाबालाई घोकेको कुरा भनेर ढुक्क बनाएर पठाउँथि | हामि मजाले चिचिला आँपमा सुइरो ले प्वाल पारेर झर्थ्यों र २ ३ दिन पछि बाबालाइ भनेरै चाउरी परेको (ओइलाएको) आँप टिप्ने भनेर तेही प्वाल पारेको बम्बई आँप चाउरी परेर पहेंलै भएको टिपेर झर्थ्यों | हाम्रो भाषामा त्यो पाकेको आँप थ्यो | स्वाद पनि नभन्दै दुरुस्तै पाकेको आँप जस्तै हुने

तेत्तिबेला त ठिकै छ तर जब आँप पाक्ने बेला हुन्थ्यो हाम्रो बाबा संग संगै हजुरबुवा पनि सखुवाको काठ ले बनेको हत्तपत्ति एक जनाले उचाल्न नसक्ने कुर्सि बाबालाई बोकाएर, लठ्ठी टेक्दै, महात्मा गान्धी बाट प्रभावित भए जस्तै देखिने उस्तै लुगा र आलुचस्मा लाएर आइपुग्नुहुन्थ्यो बगैंचा मा बस्न हाम्रो खलनायक बनेर | आँप पाक्ने बेलामा बाबाले खलनायक को काम कमै गर्नुहुन्थ्यो, हजुरबुवाले पनि खासै केहि गर्ने त हैन तर झरेको आँप तह लाउन सारा साखासन्तानको फेला पर्थ्यों हामि अबोध बालबालिका | आँप पाक्ने पाक्ने सिजनमा बोटको चार पाँच वटा आँप को दरले कोइ आधा किराले खाको, कोइ आधा कौवाले खाको आदि इत्यादि झर्ने गर्थ्यो | सबै आँप पूर्ण रुपले छिप्पिएपछी एकै चोटी बोट बाट टिप्ने चलन थ्यो तेत्तिन्जेल हामीले आमाले दिएको झरेको, बिग्रेको आँपको केलाएर निकालेको राम्रो पाटा खानुपर्थ्यो | म अलिक छुच्ची थिएँ घरि घरि खान्न म यस्तो नि भनिदिन्थें

जेठ को पन्ध्र तिर बम्बई आँप पाक्ने बेला हुन्थ्यो, तेस्पछी माल्दह र कलकत्ते आँप पाक्ने पालो अन्तिम तिर आउंथ्यो | दुइतल्ले काठको घरको तल्लो तलामा एउटा कोठा भण्डार कोठा पनि थ्यो | धान राख्न र घरको आँगन मा ठुलो भकारी थ्यो भित्र कोठा मा चैं तोरी, दाल, चामल राखिन्थ्यो सा-सानो भकारी मा र आँप को सिजनमा आँप भुँइमा लडाएर भोटे ताल्चा लाइथ्यो | केटाकेटि को उसै त दुस्ट दिमाग तेस्माथि त्यो बिग्र्या आँप पन्छाउन हाम्लाई ख्वाको रिस | आमाले चराले खाको आँप काटेर दिँदा नखाए यिनीहरुले चोरेर खाए क्यारे अनि खान मन गर्दैनन भन्ने आरोप आउँथ्यो तेसै भएर हामि केहि नभनी चुपचाप अलिकति भए नि खान्थ्यौं | भण्डार कोठाको झ्याल खुल्ला हुन्थ्यो आँप लाइ हावा लाग्न दिनलाइ | साँचो को झुत्तो कहाँ राख्छन भनेर हामि पुरै सीआइडी को काम गर्थ्यौं | अनि घरमा कोइ नहुने बित्तिकै ताल्चा खोलेर सिधै भण्डार कोठा भित्र, कुन्चाई आँप गिलो छ भनेर छाम्दा छाम्दा लगभग सबै आँप थिचेरै गिलो बनाइदिन्थ्यौं | पाकेको भए निकाल्यो नत्र राखेको आँप २०/२५ वटा निकालेर कुनै खुफिया ठाउँ मा राख्थ्यौं पाकेपछी खानलाइ | आँप निकालिसके पछी बुद्धि लाएर आँपको बीचमा ग्याप नराखी सबै आँप फिंजाइदिन्थ्यौं जस्ता को तस्तै देखिने गरि | हुन त आँपनै खानलाइ भनेर माग्दा कुनै आइतबार थिएन तेही पनि किन भनेर मागेर खाने हाम्लाई चराले खाको आँप काटेर दिनेलाइ भन्ने हाम्रो घमण्ड र चोरेर नाक फुलाउँदै खान पल्केर पनि होला मन ले मान्थेन मुख फोर्न लाइ |

ठुलो हुन्जेल सम्म मामाघर को क्रेज गएन छुट्टिको सदुपयोग मामाघर नै हुन्थ्यो हामि औंला गनेर बसिराख्थ्यौं कहिले छुट्टि होला भनेर | हामि ठुलो भयौं तर मामाघर जाँदा उही केटाकेटि पन नै निस्किन्थ्यो, ड्याडी को जागिर मा संगसंगै हिंडेर होला गाउँले जीवन बिताउन पाईएको थिएन | मामाघर स्वर्ग लाग्थ्यो गाउँले जीवन प्रति धेरै लगाव छ मेरो, उपद्रो गर्ने धेरै अवसर तथा धेरै उपाय थियो मामाघरमा | आमाले नातिनातिना मामाघर आका कतै नजाउन खाको खाइ गरुन गोरो मोटो भएर जाउन घर ताकी देख्ने ले मामाघर गएर राम्रो भएर आएछन भनुन् भन्ने सोच्नुहुन्थ्यो तर हामि घाम र उपद्रो मैं बढी रमाउँथ्यौं | आमाको आँखा छलेर गोठालो लाइ पैसा दिएर नभन है भनेर भैंसीको सवार देखि, जंगल गएर बर्खाको पानिले बुरुरु उम्रेको जिब्रे साग टिप्ने, आर्काको खेतको गहुँ चोरेर, पोलेर खाने देखि अरु थुप्रै उपद्रो गर्न पाइयो मामाघरमा | नत्र तेत्ति खुल्ला जीवन कहाँ थ्यो र हाम्रो ड्याडी को जागिरमा बसिने सदरमुकाम, तेही घरै घर भाको किचिक्क ठाउँमा कहाँ पाउनु त्यो स्वन्त्रता, त्यो रमाइलो |

समय संगै ठुलो भैयो | परिवार असाध्यै ठुलो मामाघरको | हजुरआमा र आमा दुवै असाध्यै स्वभाब को पुरा गाउँले मान्थे | उहाँहरुको ब्यबहारले नै होला दशैंमा टिका थाप्न भएभरको आफन्त कोइ नछुटाई आइपुग्नु हुन्थ्यो | राति सुत्ने मान्छे मात्रै लगभग ४०/५० होइन्थ्यो | दिउँसो एक कप चिया पिए सबैको मिलाएर लगभग ५०/६० ग्लास थुप्रिने | काम गर्ने मान्छे हरु फेरी तेस्तै बेलामा बेपत्ता हुने | आमा सबै छोरी हरु आए भनेर दंग, काम कत्ति गर्नु परेको नि बिर्सिने | घरमा आफ्नो लाको सुद्ध लुगा नधुने, सिन्का नभाँच्ने म दशैंमा मामाघर जाँदा दिन भरि काम गर्थें कारण अरु केहि थिएन थियो त केबल एक आमाको माया | आमा थाक्नु हुन्थ्यो तर केहि भन्नुहुन्थेन हामि सबै नातिनीहरु मिलेर आमालाइ धेरै काम गर्ने मौका दिन्नथ्यौं | बाहुन को घर संस्कार र नियम कानुन कडा थियो | हामि चलन अनुसार दिनको दुइ पल्ट कुचो लाउने, भाँडा माझ्ने, पिठो मुछ्ने, रोटि पकाउने आदि इत्यादि काम बाँडफांड गर्थ्यौं | आमाले संधै भन्नु हुन्थ्यो अरु कोहि नआए मलाई पिर हुन्न यो ज्योति किरण नआए हैरान हुन्छ गाउँभरिकाले ज्योति आइन, किरण आइन भनेर सोधेर हैरान पार्छन मलाई, छिट्टो आओ” | हुन पनि त्यो मामाघर कम घर ज्यादा थियो हाम्रो लागि |

आमालाइ रगत को कमि भयो अरे भन्ने सुनिराखिन्थ्यो बेलाबेलामा | तर आमा न परिन आफ्नो पिडा खुलेर नभन्ने अरुले नि केहि भयानक छैन होला भन्ने सोचेर खासै वास्ता गरेनन र आमा ले आइरन चक्की खाइराख्नु भयो र टारीरहनु भयो आफ्नो रोग | आमालाइ जन्डिस भयो, निको पनि भयो तर रगत को कमि ले बेस्सरी च्याप्यो, डाक्टरले खुलेरै भन्देछ तपाईंलाइ काठमान्डू लगेर दुइचार पोका रगत नचढाइ उपाय छैन” | आमालाइ काठमान्डू ल्याइयो म नि यतै आइसकेको थिएँ तेत्ति खेर भेट्न गएँ खुसि हुनुभयो, मुस्कान उही थियो | आमाको हँसाईमा युवती जस्तै मादकता थियो असाध्यै राम्रो लाग्थ्यो हँसाई | जोरपाटी हस्पिटलमा आफ्ना मान्छे डाक्टर भएकाले उतै राखियो उपचार सकेर मामाघर लगियो

आमा रगत चढाएर लगे पनि कम्जोर नै हुनुभयो, सबै छोरी बिहे भएर गइसकेकाले हामि नातिनि हरु मामाघरमा हेर्ने मान्छे कोइ नभए घर कुरुवा या घर रक्षक भएर पालै पालो मामाघर बस्न जान्थ्यौं | किरण मामाघर मै थिइ | एकदिन दिउँसो तिर फोन आयो उसको उताबाट किरण बोलि, स्वर भारि थियो के भोलि मैले पत्तो पाइन डर ले ढक्क मुटु फुल्यो, उसले बोल्न सकिन फोन काटी | तुरुन्तै मैले फोन लाएँ भारि स्वर मा रुँदै बोलि आमालाइ रगतको उल्टी भयो, फेन्ट हुनुभयो म एम्बुलेन्स मा काठमान्डू आउंदै छु आमालाइ लिएरयत्ति बोल्न सकी अनि रोको रोइ भइ | आमालाइ सोर्स लाएर टिचिंग मा भर्ना गरियो | रगत चढाएर लागेको १५ दिन भाको थिएन फेरी स्वाट्टै भएर घटिसक्या रैछ | फेरी रगत चढाइयो फेरी घटेछ | अब सबलाई संका भो आमालाइ ठुलै रोग ले समातेछ | आमालाइ जत्ति रगत दिएपनि सुक्ने रोग रैछ | डाक्टर ले देको सल्लाह अनुसार बोन म्यारोजाँच्न मेरो आमाको हड्डी को टुक्रा जस्तै निकालियो भन्ने सुनें कत्ति दुख्यो होला आमालाई भन्ने सोचें रिस उठ्यो डाक्टर देखि, र लाचार अनुभव भो आफैलाइ रोएँ बेस्मारी

रिजल्ट आउन अलिक दिन लाग्ने तेत्तिन्जेल आमालाई रगत चढाको चढाइ गरियो | एकदिन मेरो अफिस को मिल्नेसाथी महेशले नि आमालाई हेर्न जान्छु भन्यो | लिएर गएँ उसलाई | आमाले भन्नु भयो हेर्न नानि रगत दिन पनि कहाँ ठाउँ खोज्ने भैसक्यो अघि पनि नर्स ले खोजेर गइ सकिन, जताततै छेडीसक्या छहेरें हो रैछ नाडी र हात निलै रैछ प्वाल को घर | फेरी सोचें आमालाई कत्ति दुख्यो होला भक्कानो फुट्यो तर आफैंलाइ सम्हालें | महेश गफाडी थियो कुरा गर्दै जाँदा उसले आमा लाइ सोध्दै रैछ किन यत्तिन्जेल वास्ता नगरेको तभनेर | आमाले नपढेपनि नातिनातिना ले बोलेको अंग्रेजी वर्ड बोल्न र तेस्को अर्थ मजाले बुझ्न जानिसक्नु भएको थियो | ट्याक्कै एउटा वाक्य सुनें सबैको केयर गर्ने म भएँ मेरो केयर गर्ने कोइ भएन” | आमाले न कम्प्लेन गरिरहनु भएको थियो न बेदना प्रकट उहाँले सहज रुपले अरुलाई मैले हेरें आफुलाई वास्ता गरिन भनिराख्नु भएको थियो तर मेरो मनमा यस्तरी ठोक्कियो त्यो सब्द सायद जिन्दगि भरि कहिले पनि त्यो खिल मेरो मन बाट निस्किन्न होला | हो मेरो आमा को केयर गर्ने कोइ भएन, मेरो आमाले त आमा थिइन् पृथ्बी झैं सहनशील आफ्नो बेदना सजिलै सहिन्, अरुलाई भनिनन्, दुख दिन चाहिनन् तर हामीले कहिले बुझेनौं, जान्ने कोशिश पनि गरेनौं | सात वटा सन्तान र तिनका सन्ततिको बारेमा चिन्ता लिएर रातभरी झिमिक्कै नगर्ने मेरि आमाको बारेमा हामीले केहि क्षण पनि सोचेनौं सायद |
रिजल्ट आयो डाक्टर ले भन्यो तपाइंको मान्छे को बोन म्यारोले रगत नै बनाउन छोड्या छ जत्ति रगत चढाएनि सुकिहाल्छ, यहाँ बाट हुन्न इन्डिया लानुस हामि रिफर गरिदिन्छौं” | अप्रेसन गर्न सायद ४० देखि ७० लाख सम्म लाग्ने जस्तो कुरो गरे तर पनि तर भन्ने सब्द झुन्ड्याईदिए, तेत्ति गरेर पनि सक्सेस हुन्छ भन्ने छैन भन्ने सब्द पनि संग संगै आयो | आमालाइ लग्न ढिला गरिने भइएन लाने भैयो भोलि पल्टै एम्स”, दिल्ली | हामि यहीं थियौं, कल्पना आन्टी आइपुग्नु भयो बिदाइ गर्न | मेरो आमा निक्कै कम्जोर भइसक्नु भएको थियो  तेही पनि हिम्मत हार्नु भएको थिएन | हामि रोयौं आमा रुनुभएन | कमजोरी ले लठ्ठीएको स्वर ले फोनमा मेरो मम्मी संग कुरा गर्नु भयो नानी चिन्ता नगर है तिमीहरु अब झन् ठुलो अस्पताल जाँदै छु निको भएर आउँछु, ढुक्क भएर बस” | बाँकी आरुलाई अरुलाई नि तेसै भन्दै बिदा हुनुभयो आमा, उहाँको मनमा अलिकति पनि डर थिएन, म निको हुन्छु भन्ने कुरामा बिश्वस्त हुनुन्थ्यो

मामा पनि संगै जानुभएको थियो दिल्ली | काठमान्डू ल्याउँदा पनि बाबा यहाँ आउनु भएको थिएन आफ्नो जीवनसंगिनी संग | आमाले अपर्झट यतै बाट दिल्ली जानु पर्यो बाबा संग भेट नि भएन, अरुले त फोन मा कुरा गरे तर बाबाले त हाल खबर पनि सोध्न पाउनु भएन, न सोध्न पाउनु भयो न स्वर सुन्न | फोन मा कुरा हुन्थ्यो तर आमा संग हुन्थेन मामालाइ हाल खबर सोधिन्थ्यो | आमाको अवस्था झन् झन् नाजुक भएछ र एक हप्ता पछी एकदिन फोन आयो आमालाइ नेपाल ल्याईदैछ भनेर | इन्डियाबाट एम्बुलेन्स मा हालेर ल्याईदैथ्यो | अब सबै जना मामाघर गए म पनि जाने तयारि गर्दै थिएँ, भोलिपल्ट जाने कुरा थियो | अफिस मा थिएँ फोन आयो भाइको फोन गर्यो ओइभन्यो बोल्न सकेन उसले आशा आन्टी लाइ फोन दिएछ आन्टी ले रुँदै अड्कि अड्कि भन्नुभयो तँ छिट्टो आइज बाबु आमा त गाडीमै बित्नुभएछ, अब घर पनि नल्याउने कुरा छ उतै आउँदा आउंदै बाटोको बागमती मा जलाउने रे” | आफ्नो नजिकको मान्छे मर्दाको पिडा कहिले नजानेकी मेरो पिडा मेरो जन्म दिने आमा, बुवा भन्दा बढी माया लाग्ने मेरो आमा को मृत्यु बाट सुरु भयो | अपिसमा सबैलाई थाहा थियो मेरो आमाको कुरा म रोएँ सबैले सम्हाल्न खोजे, सान्त्वना दिए तर मलाई केहि पनि याद छैन मेरो आमाको हँसिलो अनुहार अब मैले फेरी देख्न पाउन्न त्यत्ति कुराले मलाई पागल बनाइराखेको थियो | सानै छंदा देखि सोच्थें म ठुलो हुन्छु पैसा कमाउँछु र मेरो आमा लाइ यस्तो किनिदिन्छु यस्तो गर्छु, मेरो सारा सपाना र इच्छा आमाको मृत्यु ले तुहाईदिएको थियो, धिक्कार लाग्यो आफैं प्रति | बाबालाइ सम्झें कत्ति दुख कत्ति पिडा भयो होला, बोल्न सक्नु हुन्थेन, हामिले त अन्तिम अवस्थासम्म आमालाइ कस्तो छ भनेर सोध्न सम्म सक्यौं मेरो बाबाले त संगै सुख दुख बाँडेको आफ्नो कोर्नेलाइ कस्तो छ भनेर सोध्न पनि पाउनु भएन | कत्ति पिडा गुम्सुमेर बसेको होला बाबाको मनमा, कत्ति दुख्यो होला, अन्तिम अवस्था मा मलाई कत्ति सम्झी होला भन्ने सम्झेर कत्ति रोयो होला बाबाको मन, हरेक कुरा कोर्नेलाइ नसोधी नगर्ने बाबा अब कल्लाई सोध्नु हुन्छ होला ??? म त रोउँला आमा आमा भनेर चिच्याउँला बेदना लाइ आवाज र आँसु बनाएर पोखौंला तर मेरो बाबालाई??? कठै मेरो बाबा, बोल्दै, रुँदै, आँसु र आवाज संगै मनको बेदना पोख्ने बाटो पनि छैन त्यो अभागी भाग्यलाइ

त्यो दिन मलाई बाँच्न मन लागेन, म रोको रोइ भएँ | आफ्नै जिन्दगि खेल जस्तो लाग्यो आमा जानुभयो मैले पनि बाँच्नु को केहि सार छैन जस्तो लाग्यो | जिन्दगि केहि रैनछ जस्तो लाग्यो | मेरो दिमाग सुन्य थियो | न सधैंझैं लाग्ने भविष्यको बारेमा चिन्ता थियो न कसैदेखी रिस राग न कसैको सम्झना | आमाको याद मात्र थियो र आमाले छोडेर जानुभएको दुख बगाउने मेरो आँसु | बिहान जानु थियो गाडीमा | कल्पना आन्टी र म संगै हिड्यौं | म रोइ नैं रहें न कसै संग बोल्न मन थियो बाटोमा बागमती आयो मेरो भक्कानो फुट्यो म कराएँ बलिन्द्र धारा बग्यो | बर्दिबास पुगियो, संधै गाडीबाट ओर्लंदै लाग्ने प्यारो हावा मेरो लागि डर बन्यो | मेरो आँट ले भ्याएन म किन जानु मेरो आमा नभएपछी जस्तो लाग्यो हिड्न मन लागेन | आन्टी ले तान्नुभयो म हिडें, बाटोमा हामि चुपचाप हिड्यौं दुवै को मन मा पिडा थियो बोल्न मन थिएन | एउटा आइमाई ले हामिलाइ देखेर बोलि हे मुखिया बाजे के नतिनी छियै एकर माइ मैरगेलइ हो” | त्यो एक छिन को शान्त मन फेरी बिथोलियो तेत्ति सुनें म र आन्टी दुवै भक्कानियौं | रुँदै रुँदै घर पुग्यौं | सबैले एकले आर्कालाई हेर्यौं झन् रुवाबासी चल्यो | सबै भन्दा एकोहोरिने म र आशा आन्टी थियौं

मेरो मामाघर र आमा बिना मामा घर लागेन मलाई | आमालाइ अन्तिम पटक हेर्ने इच्छा थियो म आउन्जेल रोकिरख्नु भन्या थिएँ तर सम्भब भएन | भाइलाइ फोटो खिचेर राख है आमाको भन्या थिएँ भाइले म आउने बित्तिकै देखायो | हेरें आमा त निलै हुनुभएको रैछ मेरो भक्कानो फुट्यो कत्ति दुख पाएर मर्नुभयो मेरो आमा भनेर | भाइलाइ म रोको देखेर धेरै गारो भयो तँ यो फोटो हेरेर झन् रुन्छेस भनेर सबै फोटो डिलेट गरिदियो |

म आँप बगैंचा मा जान्थें, एकोहोरिन्थे | त्यहाँ हुन्जेल र त्यसपछिको एक बर्ष लगातार सपनामा आमा फेरी बाँचेर आको देख्थें र सपना मैं रमाउंथें र बिपनामा त्यहि सपना सम्झेर रुन्थें |
जिन्दगि चल्दो रहेछ, बाँच्नै पर्दो रहेछ | हो रहेछ राम्रो मान्छे लाइ साँच्ची नै काल ले चांडो लाँदो रहेछ | आमाको मृत्यु पछाडी लगत्तै हजुरआमा र मेरो ड्याडी पनि मलाई छोडेर धेरै जानुभयो, तर आमाको मृत्यु जत्तिको पिडा मेरो ड्याडी को मृत्युमा पनि भेटिन मैले | हो मैले आमालाइ साँच्ची नै माया गर्थें, सबै भन्दा धेरै | आमालाइ सम्झिन्छु दुइवटा कुराले असाध्यै घोच्छ, मलाई गारो हुन्छ, छाति पोल्छ | आमालाई मामा को बिहे र मेरो बिहे हेर्ने, ज्वाईं हेर्ने ठुलो इच्छा थियो, अन्तिम सांस गन्दा आमाले मामालाई त्यहि कुरा भन्दै हुनुन्थ्यो रे मामा ले गह भरि आँसु पार्दै किरिया बाटै भन्नुभाको थियो के गर्नु न तैले न मैले आमाको इच्छा पुरा गर्न सक्यौं, हामीलाई पाप लाग्छ आमा छाति मा इच्छा लिएरै मर्नुभयोसबैको केयर गर्ने म भएँ मेरो केयर गर्ने कोइ भएन”........
आमाको मृत्यु पछाडी मामाघर जाने आँट आको छैन, डरले मुटु ढक्क हुन्छ सत्य सामना गर्ने आँट छैन म मा | सत्य बेवास्ता गरेरै बाँच्न खोजिरहेको छु

आज फेरी मम्मीले इ ले नानिभन्नुभयो यस्सो हेरें प्लेट भरि आँप” | त्यहीं आँपजसले मेरो आमाको मेरो मामाघरको सम्झना बोकेको छ.....र मैले मेरो मामाघर, मेरो आमा, मेरो बालापन, मेरो खुसि सबै को सम्झना समेटेर मेरो अगाडी आइपुगेको त्यो आँप दारें, मेरो मन रोयो सबै कल्पेर तर मेरो मनको बाढी देखि अनभिज्ञ मेरि मम्मी मैले कपाकप खाको देखेर खुसीले हाँसिन....

56 comments:

  1. गुड वोर्क । सारै मन छोयो। हल्का छोटो भा भए अझ रमाइलो हुन्तो ।

    ReplyDelete
    Replies
    1. धन्यबाद, पहिलो प्रयास हो कमजोरी कत्ति होलान् | अब छोटो लेख्ने प्रयास गर्नेछु :)

      Delete
    2. No need to make it short for lazy flatterers.

      Delete
  2. "हाम्रो ग्यांगको काम आंधी हुरी आयो कि आँप झर्छ भनेर हुरुरु आँप बगैंचा मा कुद्ने र आँप बटुल्ने, आँप चोर हरुको निगरानी गर्ने, आँप बगैंचा आउने केटाकेटि धपाउने आदि इत्यादी थियो | बिहान सखारै पांच बजे नै उठेर झरेको आँप अरुले लग्लान भनेर टिप्ने अनि मात्र मुख धुने र चिया खाने नियम थियो हाम्रो |" मेरो बाल्यकाल याद आयो ! हुबहु यस्तै गर्थ्यौं हामि पनि !! अनि बम्बै आँप त् हिजै पनि खाको घर बाट पठाको ! सुरु मा हाँसे पनि अन्त्य तिर आँखा भरि आँसु थिए मेरा पनि !!

    ReplyDelete
    Replies
    1. रोएछौ भाइ त्यसको लागि क्षमा प्रार्थी छु, तर मैले नि रुँदै लेख्या हो ;)

      Delete
  3. ramailo ani vabuk banayo malai pani, nice work :)

    ReplyDelete
  4. Replies
    1. तेत्ति भंदियौ, मन खुसि भओ ;)

      Delete
  5. pahilo paryaas ekadam ramro chha, saarai man choyo... really suberb :)

    ReplyDelete
    Replies
    1. धेरै धेरै धन्यबाद :)

      Delete
  6. sarai chitta bujdo man paryo keep it up

    ReplyDelete
  7. म चाहिं उसको सट्टा पनि आँट र उपद्रो लिएर जन्मेको थिएँ | आमाले लडेर मर्ली भनेर जान नदिने तर हाम्रो ग्यांग थियो :)

    ReplyDelete
    Replies
    1. उपद्रो अलिक बढि नै गर्ने हो म ;)

      Delete
  8. पहिलो ब्लग रेछ... राम्रो थालनी... keep it up (y)

    ReplyDelete
    Replies
    1. थ्यांक यु फर योर नाइस वर्ड्स रबि :)

      Delete
  9. सार्है रमाइलो लाग्दो, मन छुने खाल्को छ... सिम्पली असम.... (y)

    ReplyDelete
  10. सुरुमा रमाइलो ठानेर पढेको नरमाइलो पोस्ट :( जेहोस राम्रो छ :)

    ReplyDelete
    Replies
    1. धेरैले मैले लेखेको रमाइलो पोस्ट होला भन्ने सोच्नुभाको रहेछ, यो त भाबुक नै छ अब आर्को चाहिं रमाइलो घटना लेख्नेछु :)

      Delete
  11. सुरु सुरुमा।।।। हा हा हा गर्दै पढियो एकछिन पछि त सुक्क सुक्क …पारेउ … दाम्मी छ ।कॆप इट अप !! :)

    ReplyDelete
    Replies
    1. कठै चालु तिमि पनि रोयौ भनेसी कुछ बात है छोरी के ब्लग में ;)

      Delete
  12. गजबको अनुभुति रहेछ । संस्मरणले बालशुलभलाइ सचित्र बर्णन गरेको छ । सुरुवात जति रमाइलो छ अन्त्य उत्तिकै बियोगान्त रहेछ । तर बिझाएको एउटै कुरो शब्द र भाषा कहिँ कतै ब्याकरणात्मक दृष्टिले अशुद्द भइदिँदा खीर खाँदा ढुँगा बिझाएझैँ अनुभुति भयो । भाषामा अँझ ध्यान दिएर हतारमा नलेखी फुर्सदमा भाषा मिलाउँदै लेखेमा आउने लेखहरु अँझैँ दमदार हुनेछन भन्ने कुरामा दुइमत नहोला । तर पहिलो लेखले नै बताउँछ तपाँइसंग थुप्रै यस्ता कुराहरु छन् जसलाइ तपाँइले यहाँ पोष्ट गर्नुभयो भने धेरैको मनछुने निश्चित छ । लेख्दै जानुस, उज्वल भविश्यको कामना ।
    अन्त्यमा फेरी भन्छु: निकै राम्रो लेख । :)

    ReplyDelete
    Replies
    1. एकाएक भाबुक भएर लेखेर जस्ता को तस्तै पोस्ट गर्न पुगेकी हुँ | व्याकरण आदि इत्यादि सच्याउनु पर्ने धेरै ठाउँ छन् तर लेख्दै रुँदै लेख्या कुरा अहिले फेरी तुरुन्तै दोहोर्याएर पढ्ने आँट मेरो नपुगेको हुनाले सच्याएको छुइन | पक्कै पनि त्यो सुधार गर्नेछु | धेरै धेरै धन्यबाद यति राम्रो सुझाब र प्रेरणाको लागी | अब लेख्दा बिझ्ने कुरा भरसक टाढा राख्ने भरपुर कोशिश गर्नेछु :)

      Delete
  13. आँपबगैँचाले त रुलायो नि ~ अहिले आँप खाँदा नि कथा याद आयो

    ReplyDelete
    Replies
    1. त्यो अमुल्य आँसुको लागि माफी चाहन्छु ;)

      Delete
  14. सबैको मामा घर, मामा घरको आमा अनि चकचक उस्तैहुने रैछ ।
    पहिलो प्रयास भन्नुभो, गज्जप छ हजुरको संमरण :D

    ReplyDelete
    Replies
    1. हो नि गज्जपै संग ले चकचक गरिया थ्यो उस्तै परे अहिले नि गरिन्छ ;) धन्यबाद आशा छ हजुरको पनि चकचकलाइ सम्झिन बाध्य बनायो होला आँप बंगैचा ले :D

      Delete
    2. मेरो चकचकको त भो नकुरागरम :D ब्लगनै पोस्टिनु पर्छ मैलेनि :))

      Delete
    3. लौ लौ ढिला नगरी लेखम त यहि लामो भएछ आफ्नो अब उताको पढेर मैले नि यस्तै गर्या थिएँ भनेर दंग पर्नु हुन्छ ;)

      Delete
  15. लेख मन पर्यो, जारी रहोस् । लेख्दै जानिने न हो । भन्छन् नि जीवन खुसी र वियोगको मेल न हो, तेस्तै पाएँ यो लेखमा :))

    ReplyDelete
  16. धेरै धेरै धन्यबाद !!! आशा छ म सुधारका साथ आर्को लेख छिट्टै लेख्नेछु :)

    ReplyDelete
  17. मलाई चै त्यो लिच्ची को बोट को याद आयो मामा घरको जसको ठाउमा अहिले होटेल ठडिएको छ |

    ReplyDelete
    Replies
    1. त्यो घर को याद पनि मेरो मामाघर को भन्दा कम्ति चाहिं छैन, धेरैले त अझै नि मेरो घर त्यहि हो भन्ने सोच्दा रैछन ;) घर ठडिएको मा खुसि थिएँ लिच्ची को बोट काटेको देख्दा चै सारै नरमाइलो लाग्या थ्यो, लिच्चीवाला घर भनेर पनि कत्ति फेमस थ्यो :(

      Delete
  18. There is pain behind every smile , भन्थे हो रहेछ, तेस्तो हसि मजाक गर्ने मन्छे येति भावुक नि रैछन् ,सुरुमा हसाएनि अन्तिम् तिर पढ्दा कस्को कस्तो लाग्यो .

    ReplyDelete
    Replies
    1. जो दिखता है वो नहीं होता है ;)

      Delete
  19. यो मामाघर भन्ने ठाउँ किन यस्तो हुन्छ ? तपाईको मामाघरमा आँप र मेरो मामाघरमा रुख कटहर :) मामाघरको सम्झना गराईदिनु भएकोमा धेरै धेरै धन्यबाद ।

    ReplyDelete
    Replies
    1. आँप र कटहर त सबै तिर हुन्छ नि तर मामाघरको बिशेष हुँदो रैछ, सम्झना र माया ले गरेर होला :)

      Delete
  20. कथा धेरै राम्रो लाग्यो । के यो सत्य घटनामा आधारित हो र?

    ReplyDelete
  21. ज्योतीको बाल्यकालका जीबन जस्तै सायद सबैका बाल्यकाल बिठीयाँ र उपद्रोहरुले भरिपूर्ण हुन्छन, तर सबैमा ती सबै सम्झनाहरुलाई शब्दमा उतार्न सक्ने खुबी हुँदैन।

    मलाई छोएको कुरा - आमाको अन्तिम समयमा बाबासंग भेट हुन त सकेन नै तर बाबाको अन्तिम पटक बोलेर केहि भन्न सक्ने क्षमता पनि भगवानले पहिले नै छिनेको अवस्थामा उहाँको मन कसरी सम्हालियो होला ! कमलो मनको मान्छे भएर होकी - आँखाले आशुँ नखसालेर सुखै पाएनन्।

    लेखन राम्रो छ भाषिक शुद्दता बाहेक ! ;)

    ReplyDelete
    Replies
    1. धन्यबाद, भाषीय सुद्धता को त कुरा गरिसाध्य छैन :P सुधार्ने कोशिस जारि छ :)

      Delete
  22. तपाईं को यो लेख ले मेरो धेरैनै आँशु झार्यो | म धेरैनै प्रभावित भए मित्र |
    It was so fluent story that all the way all the tears finished when the story end

    thanks a lot for your story

    may god bless you

    ReplyDelete
    Replies
    1. धेरै धेरै धन्यबाद प्रसंशा र सुभकामनाको लागि | तपाइंको अनमोल आँसुको लागि क्षमाप्रार्थी छु, आशा छ भबिस्यमा हँसाउने कहानी पनि लेख्नेछु :)

      Delete
  23. यो लेखले मन-मुटु छोयो, मेरा पनि आँखा रसाये, यो लेख "लेख" नै हो कि सत्यता ? त्यो पनि बुझ्न मन लाग्यो !

    ReplyDelete
    Replies
    1. धन्यबाद, सत प्रतिशत मेरो आफ्नो जीवनको घटना हो, यसका पात्र, पात्रको नाम र घटना सबै सत्य हुन् :)

      Delete
  24. लेख राम्रो लग्यो ज्योति जी. थप अरु लेख पनि पद्न पाए राम्रो हुने थियो कि

    ReplyDelete
  25. तपाईमा क्षमता छ अलि धैर्य र मिहेनत गर्नु भयो भने राम्रो साहित्यकार बन्नुहुने छ | मेरो केहि कथा हेर्नुहोस है - http://kathaasansaar.blogspot.com/

    ReplyDelete
  26. Hello, I just read every single word you've written. I am sorry for all that you've been through. You have proven how much you love your grandmother even though it is not a thing that you need to prove. What people think doesn't matter. Thank you for writing this. I think it was worth reading and not a waste of time. I wish you had re-read and edited it before publishing. However, I myself, have a habit of just typing and then posting entries without revision. I hope you will write more here over the days to come. I'm also hoping that one day, you will follow @Finlip on twitter. ;)

    ReplyDelete
  27. Also, even though this may be your first blog entry, I don't buy that you've never written anything before.

    ReplyDelete